गृह मन्त्रालयले छ जना उपसचिवलाई सरूवा गरी सहायक प्रमुख जिल्ला अधिकारी (सिडिओ) को जिम्मेवारी दिएको छ।
शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै गृहमन्त्री रमेश लेखकले मन्त्रालय र मन्त्रालयभन्दा बाहिर कार्यरत ६ जना उपसचिवलाई सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) को जिम्मेवारी दिएका हुन्।
मन्त्रालयमा कार्यरत उपसचिव पोषणराज भण्डारीलाई नवपरासी पश्चिम, हरिप्रसाद गैरेलाई गुल्मी र शिवहरी पोखरेललाई सर्लाहीको सहायक सिडिओको जिम्मेवारी दिइएको छ।
मन्त्रालयमै कार्यरत उपसचिव गोमादेवी ढकाललाई ओखलढुंगा र तेजप्रकाश प्रसाईलाई झापाको सहायक सिडिओको जिम्मेवारी दिइएको छ भने झापाका सहायक सिडिओको सुनसरीमा सहायक सिडिओकै भूमिकामा सरूवा गरिएको छ।
पोखरा अन्तराष्ट्रिय विमानस्थल कास्कीको प्रमुख अध्यागमन अधिकृतमा मन्त्रालयमै कार्यरत हरिबहादुर भुजेललाई पठाइएको छ। सो ठाउँमा कार्यरत डोरेन्द्र निरौलालाई भने गृह मन्त्रालयमा तानिएको छ।
मन्त्रालयका उपसचिव सुवास पौडेलको कारागार कार्यालय भिमफेदरी मकवानपुरमा सरूवा भएको छ।