कोशी प्रदेश सभाको हिउँदे अर्थात् छैटौं अधिवेशन बिहीबार रातिदेखि अन्त्य हुने भएको छ।
प्रदेश मन्त्रिपरिषदको बिहीबारको बैठकले प्रदेश सभाको अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्री एवं प्रवक्ता रेवतीरमण भण्डारीका अनुसार बिहीबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको छ।
उनका अनुसार मन्त्रिपरिषद् बैठकले कोशी प्रदेश जनस्वास्थ्य नियमावली-२०८१ स्वीकृत गर्ने निर्णय गरेको छ भने समस्याग्रस्त सहकारी संस्था वा संघ व्यवस्थापन समितिको सदस्य सचिवमा चन्द्रबहादुर कार्कीलाई तोकेको छ।