नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ।
चैत ८ र ९ गतेका लागि केन्द्रीय समिति बैठक आह्वान गरिएको अध्यक्ष रञ्जिता श्रेष्ठले सेतोपाटीलाई जानकारी दिइन्।
केन्द्रीय समिति बैठक मध्यबानेश्वरमा बस्नेछ।
नाउपा र सिके राउत नेतृत्वको जनमत पार्टीबीच एकीकरणको चर्चा भइरहेको छ। यसबारे छलफल गरी आवश्यक निर्णय लिन नाउपाले केन्द्रीय समिति बैठक बोलाएको हो।
पार्टी एकताका लागि जनमत पार्टीले उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा तीन सदस्यीय कार्यदल नै बनाइसकेको छ।
नाउपाका संरक्षक रेशम चौधरीले पार्टी एकताका लागि जनमतका अध्यक्ष सिके राउतसँग पटकपटक छलफल गरेका थिए भने अध्यक्ष रञ्जिता श्रेष्ठले पनि कुराकानी गरेकी थिइन्।
यो पनि: एकताको विषय लगभग टुंगोमा पुर्याउँदै जनमत र नाउपा