नेविसंघले नेपाल ल क्याम्पसमा रिले अनसन सुरू गरेको छ।
स्ववियु निर्वाचन सुनिश्चितको माग गर्दै नेविसंघले रिले अनसन गरेको प्रवक्ता सुरज सेजुवालले जानकारी दिए।
कुनै संगठनको आन्तरिक विवाद देखाएर निर्वाचन समितिले चुनावी तालिका सार्वजनिक नगर्नु दु:खद रहेको नेविसंघको भनाइ छ।
तत्काल नेपाल ल क्याम्पसको निर्वाचन प्रक्रिया सुरू गर्न नेविसंघले माग गरेको हो।