प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले जनताको सहनशीलताको परीक्षा नलिन सरकारलाई चेतावनी दिएकी छन्।
बुधबार प्रतिनिधि सभाको शून्य समयमा सांसद भ्रष्टाचारको नयाँ नयाँ कीर्तिमान बनिरेहको र यसले नेपाली जनताको सहनशीलता र धैर्यताको सिमा नाघेको बताउँदै परीक्षा नलिन चेतावनी दिएकी दिएकी हुन्।
'सरकारलाई खबरदार के सरकारले देशलाई कहाँ पुर्याउन खोजेको हो? यस्तै भइरहे र जनताहरुको सहनशीलतामा धेरै परीक्षा लिइराख्यो भने यो सरकार कुन दिन झरप्प जान्छ,' उनले भनिन्, 'सरकार गए त केही हुँदैन देश नजाओस्'
उनले नेपाली जनताले कटघरामा उभ्याउने चेतावनी दिइन्।
'दुई चोटी ग्रे लिस्टमा पर्यो। भ्रष्टाचारमा नेपालले नयाँ नयाँ कीर्तिमान कायम गरिराखेको छ र हामीहरु ठगीको उपाधिबाट सुशोभित भएका छौं। अति भयो जनताको परीक्षा नलिनुस्,' उनले भनिन्।