गोरखा क्याम्पसमा मंगलबार भएको स्ववियु चुनावमा अखिल (क्रान्तिकारी) को प्यानल नै विजयी भएको छ।
समाजवादी मोर्चा बनाएर अखिल (क्रान्तिकारी) चुनावमा उत्रिएको थियो।
अखिल (क्रान्तिकारी) का उम्मेदवार सुलभ अम्गाईं स्ववियु सभापति निर्वाचित भएका हुन्।
उनले नेविसंघ-अनेरास्ववियुका संयुक्त उम्मेदवार नेविसंघका रचन परियारलाई हराएका हुन्।