गोरखाको लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसको स्ववियुमा नेविसंघ-अनेरास्ववियुको प्यानल विजयी भएको छ।
वडाध्यक्षसमेत रहेका पूर्वविद्यार्थी शरण श्रेष्ठले सेतोपाटीलाई दिएको जानकारीअनुसार स्ववियु अध्यक्षमा नेविसंघका अविन श्रेष्ठ विजयी भएका हुन्।
यहाँ नेविसंघ र अनेरास्ववियुले संयुक्त प्यानल खडा गरी चुनावमा प्रतिस्पर्धामा उत्रिएका थिए।
नेविसंघले स्ववियु अध्यक्ष जित्दा अखिल (क्रान्तिकारी) का सचिन खनाल पराजित भएका हुन्। अविनले २१६ मत ल्याउँदा खनालले २०२ मत ल्याएका हुन्।
यहाँ कोषाध्यक्षमा अनेरास्ववियुका असिम श्रेष्ठ विजयी भएका छन्।