महेन्द्ररत्न क्याम्पस ताहाचलको स्वतन्त्र विद्यार्थी चुनावमा नेकपा (एमाले) निकट अनेरास्ववियुको प्यानल नै विजयी भएको छ।
स्ववियु अध्यक्षमा अनेरास्ववियुका उम्मेदवार ईश्वरकुमार थापा २९४ मतसहित निर्वाचित भए। उनी यसअघि २०७९ सालमा स्ववियु अध्यक्ष निर्वाचित भएका थिए।
सचिवमा अनेरास्ववियुका सौगात न्यौपाने २७१ मत ल्याएर सचिव निर्वाचित भएका छन्।
कोषाध्यक्षमा स्मारिका खत्री ३२१ मत ल्याएर निर्वाचित भएकी छन्। प्रत्यक्षतर्फ ९ सदस्य पनि अनेरास्ववियुले नै जितेको छ।
देशकै ठूलो शिक्षा क्याम्पस ताहाचलमा अनेरास्ववियुले नै जित्दै आएको छ। २०६२ सालमा एक पटक मात्रै नेपाली कांग्रेसनिकट नेविसंघ निर्वाचित भएको थियो। जित शेरचन सभापति बनेका थिए।