नेपाल कमर्श क्याम्पस मीनभवनको स्ववियु अध्यक्षमा अनेरास्ववियुका विशाल रोका निर्वाचित भएका छन्।
मंगलबार भएकाे स्ववियु चुनावमा उनले १०५३ मत ल्याएर अध्यक्ष जितेको निर्वाचन समितिले जानकारी दिएको छ।
प्रतिस्पर्धी नेपाल विद्यार्थी संघका रवीन वलीले ८६० मत ल्याएका छन्। सचिवमा नेवि संघका ज्ञानु दाहाल ९९४ मत सहित निर्वाचित भए।
उनका प्रतिस्पर्धी अनेरास्ववियुका मिनल ओझाले ९२९ मत ल्याए।
कोषाध्यक्षमा पनि नेपाल विद्यार्थी संघका सुशील खड्का निर्वाचितन भए। उनले १००७ मत ल्याउँदा अनेरास्ववियुका सौगात पुरीले ९३९ मत ल्याए।