राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समिति बैठकले नवराज सुवेदी नेतृत्वमा गठन भएको संयुक्त जनआन्दोलन समितिमा प्रतिनिधि पठाउने निर्णय गरेको छ।
मंगलबार बसेको बैठकले सुवेदी नेतृत्वको जनआन्दोलन समितिमा राप्रपा नेपालको तर्फबाट उपाध्यक्ष तारानाथ लुइँटेललाई प्रतिनिधि पठाउने निर्णय गरेको महामन्त्री राजाराम वर्तौलाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सुवेदी नेतृत्वको समितिमा अध्यक्ष कमल थापालाई सदस्य राखे पनि उनले बस्न अस्वीकार गरेका थिए।
पूर्वराजा ज्ञानेन्द्र शाहबाट प्रजातन्त्र दिवसका अवसरमा गत २०८१ साल फागुन ७ गते भएको सम्बोधनको भावनालाई आत्मसात गर्दै सनातन हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी तथा भ्रष्टाचारको अन्त्य जस्ता मुख्य एजेण्डा बोकेर सुवेदीको संयोजकत्वमा समिति गठन भएकोमा पार्टीले खुसी व्यक्तसमेत गरेको छ।
सो समितिलाई राप्रपा नेपालको पूर्ण सहयोग र सहभागिता रहने बैठकले निर्णय गरेको हो।
