नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक सकिएको छ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र भ्रातृ संस्थालगायत आन्तरिक विषयमा अनौपचारिक कुराकानी भएको थियो।
बैठकपछि प्रवक्ता प्रकाशशरण महतले पदाधिकारी र पूर्वपदाधिकारी बैठक सकिएको र चैत १० गते केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने जानकारी दिए।
‘कार्यसम्पादन समिति बैठकमा विभिन्न विषयमा छलफल गरी आवश्यक निर्णय लिन्छौं,’ प्रवक्ता महतले भने।