ललितपुरको पाटन क्याम्पसमा विद्यार्थीहरूबीच झडप हुँदा स्ववियु चुनाव नै रोकिएको छ।
मंगलबार स्ववियु चुनावका लागि केहीबेर मतदान चले पनि विवादका कारण रोकिएको थियो।
विद्यार्थीहरूबीच कुटाकुट भएको भिडिओ सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरिएको छ।
नेविसंघको झन्डा लिएका विद्यार्थीलाई कुटपिट गरेको भिडिओमा देखिन्छ। केहीबेरमा प्रहरीले भिडलाई तितरबितर बनाएको थियो।
नेविसंघ र अनेरास्ववियुबीच झडप भएको हो। झडपमा परेर केही विद्यार्थी घाइते भएका छन्।
झडपपछि स्ववियु चुनाव स्थगित भएको छ।