त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्ववियु चुनाव सुनिश्चित गर्न माग गर्दै स्वतन्त्र उम्मेदवार पद्मा भुसालले धर्ना दिएकी छन्।
त्रिविमा तालाबन्दीका कारण मंगलबार स्ववियु चुनाव हुन सकेन।
त्रिवि स्ववियु सभापतिका लागि स्वतन्त्र उम्मेदवारी दिएकी स्ववियुकी निवर्तमान कोषाध्यक्ष भुसालले मंगलबार निर्वाचन कार्यालयअघि धर्ना दिएकी हुन्।
उनले चैत ८ गते स्ववियु निर्वाचन गर्न दबाब दिने उद्देश्यले धर्ना दिएकी हुन्।
स्ववियु निर्वाचनमा देखिएको अन्यौलताले पठनपाठन पनि प्रभावित बनेको अवस्था छ।