सार्वजनिक लेखा समितिमा परेका १०० उजुरीमध्ये ४८ वटामाथि छलफल गरिने भएको छ।
समितिमा परेका उजुरीबारे अध्ययन गर्न नेपाली कांग्रेसका सांसद सञ्जय गौतम नेतृत्वमा उपसमिति बनेको थियो।
उक्त उपसमितिले १०० मध्ये ४८ वटा उजुरीमाथि छलफल गर्नु उपयुक्त हुने उपसमितिले मंगलबार निष्कर्ष निकालेको हो।
नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले प्राथमिकीकरण गरी उजुरीहरू हेरिनुपर्ने बताएका छन्।
कांग्रेस सांसद रामकृष्ण यादवले मन्त्रालयका सचिव बोलाएर र मन्त्रीलाई बोलाएर समितिले छलफल गर्नुपर्ने बताए।
अहिले लेखा समितिमा थप १४ वटा उजुरी पनि पुगेको छ। अब लेखा समितिमा उजुरीको संख्या ११४ वटा पुगेको छ।