सरकारले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा दिनेश भट्टलाई नियुक्त गरेको छ।
सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
कार्यकारी प्रमुख सिफारिसका लागि गठित समितिले भट्टका साथै सुमनकुमार कर्ण र मन्दीप सुवेदीको नाम सिफारिस गरेको थियो।
नवनियुक्त प्रमुख भट्ट वातावरण तथा जलवायु परिवर्तनका अनुभवी विज्ञ हुन्।
उनले त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक, थापाथलीलगायत विभिन्न क्याम्पसहरूमा करिब २० वर्ष अध्यापन गरिसकेका छन्।