नेकपा (एमाले) ले जन्मजात श्रेष्ठताको वंशगत शासनको बहस आफैमा हास्यास्पद, हानिकारक र निरर्थक विषय भएको बताएको छ।
केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘हामी एक्काइसौं शताब्दीमा पनि जन्मजात श्रेष्ठताको वंशगत शासनको बहस आफैमा हास्यास्पद, हानिकारक र निरर्थक विषय हो भन्नेमा विशेष जोड दिन चाहन्छौं।’
एमाले नेपालको संविधान र यसले संस्थागत गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी प्रणाली र सामाजिक न्याय जस्ता उपलब्धिको रक्षाका लागि दृढतापूर्वक उभिने सङ्कल्प गर्नेसमेत विज्ञप्तिमा उल्लेख छ।
संविधानको प्रभावकारी कार्यान्वयन, राजनीतिक स्थिरताको सुनिश्चितता, सुशासन, प्रभावकारी सेवा प्रवाह, आर्थिक विकास र सुधारको दिशामा अघि बढ्न आफूहरू प्रतिबद्ध रहेको एमालेले जनाएको छ।
संविधान कार्यान्वयनको एक दशकको समीक्षा गरेर लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ बनाउन पार्टी सङ्कल्पित रहेको भन्दै एमालेले लोकतान्त्रिक गणतन्त्रको पक्षमा उभिने सबैलाई धन्यवाद दिएको छ।
विज्ञप्ति:

