नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले गणतन्त्र पक्षधरहरूको सरकार बन्ने सम्भावनाको ढोका खुलेको बताएका छन्।
संघीय संसद भवन परिसरमा आइतबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले गणतन्त्र पक्षधरहरूको सरकार बन्नेबारे प्रारम्भिक छलफल भइरहेको र यसले आकार भने लिइनसकेको बताए।
‘संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरू एक ठाउँमा उभिने, सहकार्य गर्ने र गणतन्त्र विरोधीहरूसँग हाम्रो सहकार्य हुँदैन,’ उनले भने, ‘गणतन्त्र पक्षधरहरूको सरकार बन्ने सम्भावनाको ढोका खुलेको छ। यसबारे हामीले छलफल सुरू गरेका छौं, प्रारम्भिक हो, आकारण लिइसकेको छैन।’
उनले केपी ओली नेतृत्वको सरकारमै समस्या रहेको दाबी गरे। सरकारमै बसेर सत्ता र व्यवस्थाविपरीत गतिविधि भइरहेको पनि उनको भनाइ छ।