नेपाली कांग्रेसका नेता नैनसिंह महरले अर्थतन्त्र अप्ठेरोमा परेका बेला पूर्वविशिष्टहरूको सेवा-सुविधा वृद्धि गर्न नहुने बताएका छन्।
सरकारले सर्वोच्च अदालतको आदेशअनुसार पूर्वविशिष्टको सेवा-सुविधासम्बन्धी कानुन बनाउने गृहकार्य थालेकोप्रति लक्ष्य गर्दै महरले थप सुविधा बढाउने कुरा गर्नु उचित नहुने बताएका हुन्।
कांग्रेस पाल्पाले तानसेनमा शुक्रबार गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘अर्थतन्त्र अप्ठ्यारोमा छ। यो पूर्वउच्च पदस्थहरूको सेवा बढाउने नभई पाइरहेको सेवालाई समेत केही कटौती गरेर देश र जनताको पक्षमा काम गर्ने समय हो।'
यो पनि: पूर्वविशिष्टलाई सेवा–सुविधा दिने कि नदिने, कस्तो छ अरू देशमा प्रचलन?