उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीलगायत पूर्वविशिष्टहरूलाई विशेष सेवा-सुविधा दिन लागेको भन्दै भइरहेका प्रचार गलत रहेको बताएका छन्।
अहिलेको सरकारले पूर्वविशिष्टहरूलाई थप सेवा-सुविधा दिने गृहकार्य नगरेको उनको दाबी छ।
उनले पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिने भन्दै भइरहेकाे हल्लाकाे पछि नलाग्न पनि आग्रह गरे।
नेपाली कांग्रेस पाल्पा जिल्ला कार्यसमितिले शुक्रबार गरेको छलफलमा उनले भने, ‘राष्ट्रपति र प्रधानमन्त्री बनिसकेका पूर्वहरूलाई विशेष सेवा सुविधा दिन लागेको छ भनेर आइरहेको छ, हामी सरकारमा छौं, केही थाहा छैन। कुन सरकारका पाला के आवश्यकता परेर त्यसमा काम गरेको होला, त्यो ल्याएर अहिलेको समयमा यो राखेपछि दलहरूलाई अप्ठेरोमा पार्ने खालको हुन्छ भनेर त भएन नि त।’
२०६९ सालमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वकाे सरकारले पूर्वविशिष्टलाई सुविधा दिने अध्यादेश ल्याएका थिए। अहिले त्यस्तै प्रकृतिकाे कानून निर्माणका सरकार लागेकाे खबर आएका छन्।
त्यसतर्फ लक्ष्य गर्दै उपप्रधामन्त्री सिंहले सरकारले त्यस्ताे तयारी नगरेकाे दाबी गरेका हुन्।
यो पनि: पूर्वविशिष्टलाई सेवा–सुविधा दिने कि नदिने, कस्तो छ अरू देशमा प्रचलन?