त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त ८१ वटा क्याम्पसहरूमा सर्वसम्मत सभापति चयन भएका छन्।
७१ मध्ये ३२ क्याम्पसमा नेकपा (एमाले), २८ क्याम्पसमा नेपाली कांग्रेस निकट नेविसंघ र २१ क्याम्पसमा नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)का उम्मेदवार सर्वसम्मत चुनिएका छन्।
अनेरास्वियुबाट कोशीमा चार, बागमतीमा ८, गण्डकीमा तीन, लुम्बिनीमा ७, कर्णालीमा तीन र सुदूरपश्चिममा ७ क्याम्पसमा सर्वसम्मत स्ववियु सभापति चुनिएका छन्।
नेविसंघबाट कोशीमा तीन, बागमतीमा ७, गण्डकीमा एक, लुम्बिनीमा ९, कर्णालीमा चार र सुदूरपश्चिममा चार क्याम्पसमा सर्वसम्मत स्ववियु सभापति चयन भएका छन्।
अखिल (क्रान्तिकारी)बाट कोशीमा एक, मधेसमा एक, बागमतीमा ७, लुम्बिनीमा एक, कर्णालीमा ९ र सुदूरपश्चिममा २ क्याम्पसमा सर्वसम्मत स्ववियु सभापति चयन भएका छन्।
सूचीः