कोशी प्रदेशका दुई विपक्षी दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका दुई सांसदले बुधबार गैरसरकारी विधेयक दर्ता गराएका छन्।
लिम्बू भाषा र मैथिली भाषालाई प्रदेशको कामकाजको भाषा बनाउने गरी 'सरकारी कामकाजको भाषा' सम्बन्धी गैरसरकारी विधेयक प्रदेश सभामा दर्ता भएको हो।
यो विधेयक माओवादी सांसद गोम्बु शेर्पा र एकीकृत समाजवादीकी सांसद खिनु लङ्वा लिम्बूले प्रस्तुत गरेका हुन्।
भाषा आयोगले यसअघि नै कोशी प्रदेशमा नेपालीका अलावा लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउन सिफारिस गरेको थियो।
प्रदेश सभाको विधेयक शाखामा विधेयक दर्ता गरेको सांसद लिम्बूले जानकारी दिइन्।