काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा नेकपा (एमाले) निकट अनेरास्ववियु र नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूबीच चुनावी तालमेल भएको छ।
चैत ५ गतेका लागि हुने स्ववियु निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ताको कार्यक्रम थियो। तालमेल गरेर स्ववियु निर्वाचनमा गएको अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए।
यहाँ एमालेनिकटले एकीकृत समाजवादी निकटलाई कोषाध्यक्ष दिएको छ। एमालेनिकट अनेरास्ववियुबाट स्ववियु अध्यक्षमा लोकेश खड्का उम्मेदवार बनेका छन्।
एकीकृत समाजवादीबाट कोषाध्यक्षमा अम्बिका अधिकारीलाई उम्मेदवार बनाएको छ।
दुई वर्षअघि एमाले र एकीकृत समाजवादीनिकटको विद्यार्थी संगठनबीच झगडा हुँदा निर्वाचन नै हुन सकेको थिएन।