नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले ‘नयाँ युगको नयाँ कार्यभार: वैकल्पिक राजनीतिका औचित्य र आधार’ विषयमा बुधबार काठमाडौंमा छलफल गरेको छ।
छलफलमा अध्यक्ष बाबुराम भट्टराईसहित नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल, नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली, नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा, विवेकशील साझाकी अध्यक्ष समीक्षा बास्कोटा छन्।
हालको राजनीतिक संरचनाले जनअपेक्षा पूरा गर्न नसकेको बताउँदै वैकल्पिक राजनीतिक धारको आवश्यकतामा पनि केही वक्ताहरूले जोड दिएका छन्।
लोकतान्त्रिक प्रतिस्पर्धा, पारदर्शी नीति, र युवा सहभागिता बढाउनुपर्नेमा वक्ताहरूले जोड दिएको अध्यक्ष भट्टराईको सचिवालयले जनाएको छ।