प्रतिनिधि सभाको बुधबारको बैठक स्थगित भएको छ।
मन्त्री उपस्थित नहुँदा प्रतिनिधि सभा बैठक स्थगित भएको हो।
बैठकमा सरकारका मन्त्री उपस्थित हुनुपर्ने व्यवस्था छ।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा मन्त्री उपस्थित नरहेको विषय ध्यानाकर्षण गराएका थिए।
‘सरकार सदनलाई हेपिरहेको छ। हामी जनप्रतिनिधिहरूलाई हेपिरहेको छ। एउटा कुरामा मात्र होइन। हरेक कुरामा। हाम्रा अभ्यासहरू सरकार मानिरहेको छैन। अहिले सदन सुरू भएको छ। यतिखेर मन्त्रीहरू, सरकारको प्रतिनिधि कोही पनि छैन। हामी समितिहरूमा, उपसमितिहरूमा जान्छौं। प्रतिपक्षी दल उपस्थित हुन्छ। तर सरकार उपस्थित हुँदैन। त्यसैले यो बैठक चल्दैन। सरकार नभइकन। हाम्रो नियमावलीको अभ्यास अनुसार त्यसैले तुरुन्त बन्द गरियोस्,’ उनले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउँदै भने।
सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्।