फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्टे पक्राउ परेका छन्।
उनलाई मानवताविरूद्धको अपराधमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)ले मनिलाको विमानस्थलबाट पक्राउ गरेको हो।
उनी पक्राउ परेपछि विमानस्थलमा हंगामा मच्चिएको विभिन्न अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन्।
२०१६ मा सत्ता सम्हाल्दा उनले लागुऔषध कारोबारविरुद्ध कडा नीति लिएका थिए।
त्यतिबेला ड्रग्सविरूद्धको अभियान नै सञ्चालन गरी हजारौं व्यापारीहरू मारिएका थिए। त्यसविरूद्ध उनीमाथि आइसिसीले अनुसन्धान गरिरहेको थियो।
उक्त मुद्दामा दोषी ठहरिएका अन्यलाई पक्राउ गरिएपनि उनले भने उन्मुक्ति पाउँदै आएका थिए।
७९ वर्षीय डुटेर्टे सन् २०१६ देखि २०२२ सम्म राष्ट्रपति थिए।