राष्ट्रिय प्रजातन्त्र पार्टीले (राप्रपा) ले नवीन समझदारी गरी संवादका लागि अपिल गरेको छ।
सोमबार धुम्बाराहीमा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको पदाधिकारी बैठक नवीन समझदारीका लागि संवादको अपिल गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।
'आम नागरिकको चाहना, देशको आवश्यकता, सडकमा प्रतिबिम्वित जनभावना अनुरुप मुलुकलाई निकास दिन र कसैलाई निषेध नगर्ने व्यवस्थाका लागि ‘नवीन समझदारी’ गर्न राप्रपा सबै राजनीतिक दललाई आह्वान गर्दछ,' श्रेष्ठले भने।