समाजवादी मोर्चाको बैठक सोमबार बस्दैछ।
राजतन्त्रवादी शक्तिहरू सलबलाएको भन्दै परिस्थितिको विश्लेषण र आगामी कार्ययोजना तयार पार्न सोमबार अपराह्न ४ बजे समाजवादी मोर्चाको बैठक बस्न लागेको माओवादी केन्द्रका एक नेताले बताए।
माओवादी केन्द्रको पदाधिकारी बैठक पनि सोमबार बसेको थियो। बैठकले मोर्चाको बैठक बोलाउने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए।
यसैबीच समाजवादी मोर्चा घटक एकीकृत समाजवादीको बैठक पनि अहिले बसिरहेको छ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको बैठकमा राजवादीहरूको आइतबारको प्रदर्शनलगायत विषयमा छलफल भइरहेको छ।
समाजवादी मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी आबद्ध छन्।