उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले मेहनत नै नगरी कुरा मात्रै गरेर देश र समाजको प्रगतिको चाहना पूरा गर्न नसकिने बताएका छन्।
सिद्धेश्वर माध्यमिक विद्यालयको ७७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले प्रगतिको जनचाहना पूरा गर्न मेहनत गर्नुपर्ने बताए।
‘हामीसँग भएको चीजको महत्व नबुझ्ने, अरु ठाउँमा अरु देशमा भएको कुरामा मात्रै आकर्षित हुने प्रवृत्ति बढेको छ। जे हामीसँग छ, त्यसैलाई सुधार गरेर हामी अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘मेहनत गरेको खण्डमा त हामीले केही प्रगति गर्न सकौँला। मेहनतनै नगरिकन, कुरा मात्र गरेर देश र समाजको प्रगतिको चाहना पूरा गर्न सकिँदैन।’
२००७ सालमा प्रजातन्त्र स्थापनापछि दूरदराजगका गाउँमा शिक्षको ज्योति पुगेको र छोराछोरीलाई पढाउनुपर्छ भन्ने जागरण आएको उनको भनाइ छ।
उनले अवसर पाएर पढिरहेका विद्यार्थीले समाजका लागि के गर्न सक्छौं भन्ने सोच्न पनि आग्रह गरेका छन्।