सत्तारूढ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले अमेरिकाले दिएको सहयोगमा के भएको हो भन्ने विषयमा श्वेतपत्र जारी गर्न माग गरेका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा सांसद खतिवडाले अमेरिकाले सहयोग दिएको रकम दुरूपयोग भयो भनेर सिंगो नेपालकै बदनाम गर्ने कार्य भइरहेकाले त्यसमा भएको के हो खुलाएर श्वेतपत्र जारी गर्न माग गरेका हुन्।
'अमेरिकाले दिएको सहयोग दुरूपयोग भयो भनेर बारम्बार चर्चा परिचर्चा भएको सुनिन्छ। यस्तो रकम कति नेपालमा आएको हो र क-कसले प्रयोग गरे? त्यसबारे नेपाल सरकार वा अर्थमन्त्रालय क-कसले स्वेतपत्र जारी गर्नुपर्ने हो त्यो जारी गरियोस्,' उनले भने।
उनले जुनसुकै देशले पनि अन्य देशका नागरिकहरूलाई फर्काउँदा अमानवीय व्यवहार गर्न नहुने बताउ।
'नेपालीहरूलाई पनि फर्काएको भन्ने आएको छ। अमानवीय व्यवहार गर्ने काम बन्द गरियोस् जोसुकैले गरेको भएपनि विश्वव्यापी मानवअधिकारको मूल्यभित्र रहेर कानुनभित्र रहेर मानवीय व्यवहार गरियोस्,' उनले भने।
त्यस्तै प्रधानमन्त्रीलाई प्रश्न सोधेकै आधारमा पत्रकारको प्रेस पास खोसिनु लोकतन्त्रका लागि मनासिब नहुने सांसद खतिवडाले बताए।