नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना विराटनगरमा सुरु भएको छ।
बिहान नौ बजे सुरु हुने भनिएको मतगणना पौने चारमा मात्रै सुरु भएको हो।
बुधबार सम्पन्न चुनावमा कुल ९११ मत मध्ये ८८८ मत खसेको थियो।
एमाले मोरङको दसौं अधिवेशनमा सस्थापन समूह राजकुमार ओझाको नेतृत्वमा प्यानल बनाएर चुनावी मैदानमा छ भने विनोद ढकाल समूह अजम्बर राई नेतृत्वको प्यानलमा प्रतिस्पर्धामा छ।