नेकप (एमाले) निकट मानवअधिकार एलाइन्सको छैठौं महाधिवेशन बुधबारदेखि सुरू हुने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मध्याह्न साढे १२ बजे राष्ट्रिय सभा गृहमाा महाधिवेशनको उद्घाटन गर्ने इन्चार्ज विष्णु रिजालले जानकारी दिए।
उनकाअनुसार बिहीबारसम्म चल्ने अधिवेशनमा मानवअधिकार र सामाजिक न्यायको क्षेत्रमा काम गरिरहेका नागरिक संस्थाहरू र सामुदायिक संगठनहरूबाट प्रतिनिधित्व रहनेछ।
‘मानवअधिकार एलाइन्सले विगत वर्षहरूझैं यस वर्ष पनि मानवअधिकार, सामाजिक न्याय र सामाजिक रूपान्तरणको क्षेत्रमा कार्यरत मानवअधिकार रक्षकहरूको पाँचौं राष्ट्रिय सम्मेलन एवम् मानवअधिकार एलाइन्सको छैठौं राष्ट्रिय महाधिवेशन गर्न लागेको हो,’ उनले भने।
मीनबहादुर शाही यसका अध्यक्ष छन्। अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।