पूर्वयुवराज पारश शाहको स्वास्थ्यमा समस्या देखिएको छ।
शाह आइतबार बेलुकी काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन्।
उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ।
‘उहाँ हिजो बेलुकी अस्पताल भर्ना हुनुभएको हो, उपचार जारी छ,’ अस्पताल स्रोतले सेतोपाटीसँग भन्यो। शाहलाई मुटुसम्बन्धी समस्या देखिएको स्रोतको भनाइ छ।
शाहलाई विभिन्न समयमा गरी यसअघि तीन पटक हृदयाघात भएको थियो।