नेकपा (एमाले) ले पार्टीको प्रचार तथा प्रकाशन विभागको सचिवमा गणेश पाण्डेलाई मनोनयन गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको सचिवालय बैठकले प्रचार विभाग सचिवमा पाण्डेलाई मनोनयन गरेको हो। पाण्डे प्रेस चौतारीका उपाध्यक्षसमेत हुन्।
बैठकले रिक्त रहेका विभागको सदस्यहरूलाई पूर्णता दिने निर्णय पनि गरेको छ।