नेकपा (एमाले) निकट अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्षमा सिद्धान्त भट्टलाई उम्मेदवार बनाउने भएको छ।
संगठनका अध्यक्ष समिककुमार बडाल, प्रवक्ता प्रकाश पौडेल लगायत नेताहरूको उपस्थितिमा बिहीबार उम्मेदवार घोषणा गरिएको अनेरास्ववियुले जानकारी दिएको छ। स्ववियु निर्वाचन चैत ५ गते हुँदैछ।
अध्यक्षको उम्मेदवार घोषणा गरिएका भट्ट त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरका स्ववियु सचिव छन्।
उनी त्रिभुवन विश्वविद्यालय सुधारको माग राख्दै धर्नासमेत बसेका थिए।