नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष बाबुराम भट्टराईले ९ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेका छन्।
अध्यक्ष भट्टराईले आइतबार जेकेन्द्र श्रेष्ठसहित ९ जनालाई केन्द्रीय समितिमा मनोनीत गरेका हुन्।
मनोनीत हुनेहरूमा सिर्जना रिजाल, सरस्वती पाण्डे, कृष्ण शर्मा, राजु नेपाली, धनबहादुर गुरुङ, एक बहादुर राना, जी. एस. गुरुङ र चिनक कुर्मी छन्।
यसअघि फागुन २ गतेको महाधिवशेनबाट अध्यक्ष बाबुराम भट्टराईसहित ९९ सदस्यीय केन्द्रीय कमिटी चुनिएका थिए।