नेकपा (माओवादी केन्द्र) ले फागुन १२ गतेदेखि हुलाकी राजमार्गकेन्द्रित ‘जनतासँग माओवादी जनजागरण अभियान’ सुरू गर्ने भएको छ।
शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले हुलाकी राजमार्गकेन्द्रित जागरण अभियान शुभारम्भ नेपालको सबैभन्दा होचो ठाउँ झापाको केचनाकवलबाट गरिने बताए।
‘जनतासँग माओवादी हुलाकी राजमार्ग तराई–मधेस जागरण अभियान फागुन १२ गते केचनाकबलबाट सुरू हुँदैछ।अभियान क्रममा तराई क्षेत्रका नागरिकहरूले भोग्नुपरेका समस्यामा हामी केन्द्रित हुनेछौं,’ उनले भने।
अभियानको समापन चैत्र ८ गते कञ्जनपुरमा पुगेर गरिने उनको भनाइ छ।
अभियानमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लगायत पदाधिकारी पनि सहभागी हुनेछन्।
(न्युज एजेन्सी नेपाल)