संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पशुपतिनाथ मन्दिर परिसरको निरीक्षण गरेका छन्।
महाशिवरात्रीको पूर्वसन्ध्यामा महाशिवरात्री तयारीको अवस्थाबारे जानकारी लिन पर्यटनमन्त्री पाण्डे शुक्रबार बिहान पशुपतिनाथको मन्दिर पुगेका हुन्।
फागुन १४ गते महाशिवरात्री रहेको छ।
महाशिवरात्रीको अवसरमा पशुपतिनाथमा मेला लाग्ने गर्दछ। भक्तजनहरुको पशुपति दर्शनका लागि भीड हुने गर्दछ।
सोही भीड व्यवस्थापनका लागि तयारी के कस्तो भइरहेको छ भन्ने बुझ्न मन्त्री पाण्डे पशुपतिनाथ मन्दिर पुगेका हुन्।
मन्दिर परसरमा अहिले रङ लगाउने काम भइरहेको छ।
(न्युज एजेन्सी नेपाल)