हमासले गजामा मृत्यु भएका बन्धकहरुको शव बिहीबार इसराइललाई फिर्ता गर्ने भएको छ।
इसराइली अखबार टाइम्स अफ इसराइलका अनुसार बिहीबार साँझसम्म हमासले चार बन्धकको शव फिर्ता गर्न लागेको हो।
ती बन्धकहरूको नाम बुधबार नै हमासले इसराइललाई पठाएको थियो।
टाइम्स अफ इसराइलका अनुसार ३३ वर्षीया शिरि बिबस, उनकी ५ वर्षीया छोरी एरियल र झन्डै २ वर्षका छोरा केफिर सहित ८४ वर्षका ओडेड लिफसिथको शव हमासले छाड्नेछ।
केफिर हमासले बन्धक बनाएर गजा पुर्याउँदा ९ महिनाका मात्रै थिए। उनी सबैभन्दा कम उमेरका ञ झफी
केफिरको शव हमासले बन्धकमुक्त गर्ने भनेपछि गुलाबी रङको खेलौना हात्ती समातेर दाँत नभएको मुस्कानका साथ सिधै क्यामेरामा हेरिरहेको उनको तस्बिर विभिन्न ठाउँमा प्रदर्शन गरिएको छ।
प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले इसराइलका लागि आज सबैभन्दा दु:खद दिन रहेको बताएका छन्। 'यस कठिन समयमा हाम्रो हृदय शोकमा परेका परिवारहरूसँगै छौं,' नेतन्याहूले भनेका छन्।
हमासले पहिलो पटक मृत्यु भएका बन्धक छाड्न लागेको हो। यसअघि गत शनिबारसम्म हमासले २४ जना बन्धक जिवित छाडेको थियो।
आगामी शनिबार हमासले ६ जना जिवित बन्धक छाड्ने तयारी गरेको छ।