नेकपा (एमाले)का सांसद सूर्य थापाले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा एक जना सांसदले प्रश्न सोध्ने अधिकारको दुरूपयोग गरेको बताएका छन्।
सोमबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद थापाले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग संसदमा भएको प्रश्नोत्तरका क्रममा आम जनता पार्टीका अध्यक्ष प्रभू साहले सोधेको प्रश्नप्रति इंगित गर्दै अधिकार दुरूपयोग भएको बताएका हुन्।
'प्रधानमन्त्री ज्यू वैदेशीक रोजगारीमा जाने युवाबाट कति लाभ लिनुभयो भन्ने प्रश्न सोधियो। नियमावलीको ५० नम्बरमा प्रश्न सोध्ने अधिकारको दुरूपयोग गरिएको' परिकल्पना गरिएको छ। त्यहाँनिरे प्रश्न सोध्ने अधिकारको दुरूपयोग गरिएको छ,' उनले भने।
आइतबारको संसदमा प्रभु साहले सोधेको उक्त प्रश्नको जबाफ भने प्रधानमन्त्रीले दिएनन्। साहको प्रश्नमा प्रधानमन्त्री ओलीले झोँक्किँदै 'म मेनपावरको मान्छे हुँ?' भनेका थिए।
यो पनिः