नेकपा (एमाले)का सांसद रघुजी पन्तले प्रतिनिधि सभा सदस्यको अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभाले खेद प्रस्ताव पारित गर्नुपर्ने अवस्था आउनु दु: खद रहेको बताएका छन्।
आइतबार राष्ट्रिय सभाले राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको अधिव्यक्तिलाई लिएर खेद प्रस्ताव पारित गरेको थियो।शाहीले राष्ट्रिय सभालाई वृद्धाश्रम भनेका थिए।
'एक सदनका सांसदले बोलेको कुरा अर्को सदनले खेद प्रस्ताव पारित गर्नुपर्ने अवस्था आउनु दुःखद हो,' उनले भने,'राष्ट्रिय सभा वृद्धाश्रम होइन तर पाकाहरूको सदन हो। हाउस अफ एल्डर्स। वृद्धाश्रम भनेर आलोचना र बेइज्जती गर्नुहुँदैन।'
सांसद पन्तले एकअर्का सम्मान गर्ने, एक अर्काका कुरा गम्भीरतापूर्वक सुन्ने र त्यसप्रतिको असहमतिलाई संसदीय र मर्यादित भाषामा खण्डन गर्न सकिने पनि स्मरण गराए।