कीर्तिपुरस्थित बर्न अस्पताल पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
आइतबार साँझ प्रधानमन्त्री ओलीले अस्पताल पुगेर उनीहरूको स्वास्थ्यबारे जानकारी लिएका हुन्।
प्रधानमन्त्री ओलीले केही समयअघि कमलपोखरीस्थित शानदार म:म सेन्टरमा ग्यास लिक भई आगलागी भएको घटनामा घाइतेहरूको पनि अवस्थाबारे जानकारी लिएका हुन्।
उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
शनिबार पोखरा भ्रमण वर्षको उद्घाटन कार्यक्रममा सहभागी हुनेक्रममा प्रज्वलनशील बेलुनमा आगोले छुँदा बिस्फोट भएको थियो।
उक्त बिस्फोटमा परी अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए।
प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्य पनि अस्पताल पुगेकी थिइन्।