नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सरकारले व्रह्मलुट गर्नका लागि अध्यादेश ल्याएको बताएका छन्।
काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई तिहाई बहुमत पाएको बेलामा भूमिसुधार गर्न सकिने आधारहरु रहेपनि त्यसतर्फ जान नसकेको बताए।
'ब्रह्मलुट मच्चाउने अध्यादेश ल्याएको छ। भूमि सुधार गर्नुको सट्टा। वैज्ञानिक भूमिसुधार गर्नुको सट्टा। यो व्रह्मलुटको अध्यादेश हो,' उनले भने।
नेता खनालले कृषि क्रान्ति गर्दै कृषिलाई आधुनिकीकरणतर्फ लैजान जरुरी रहेको बताए।
'कृषिलाई आधुनिकीकरण गर्न सकेका छैनौं। किसानले उत्पादन त वर्षौंदेखि गरिरहेको छ। तर उत्पादन गरेको वस्तुको मूल्य पाइरहेको छैन। उसले बजार पाइरहेको छैन। त्यो कुरा सबै प्राप्त गर्न सकिन्छ। कृषिलाई व्यापक रुपले यान्त्रिकीकरण गर्नसक्छौं,’ उनले भने। (न्युज एजेन्सी नेपाल)