विवेकशील साझा छाडेर नेपाली कांग्रेस प्रवेश गरेका पुरूषोत्तम ढुंगेल अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन्।
ढुंगेल २०७९ असोज १३ गते विवेकशील साझा छाडेर कांग्रेस प्रवेश गरेका थिए। उनलाई पूर्वमहामन्त्री प्रकाशमान सिंहले त्यसबेला कांग्रेसमा प्रवेश गराएका थिए।
ढुंगेल कांग्रेस छाडेर बिहीबार राप्रपा प्रवेश गरेका छन्।
अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायतले ढुंगेललाई धुम्बाराहीमा आयोजित कार्यक्रममा राप्रपा प्रवेश गराएका हुन्। ढुंगेल २०७४ सालको चुनावमा काठमाडौं क्षेत्र नम्बर १ को २ मा उम्मेदवार बनेका थिए।
ढुंगेललाई पार्टी प्रवेश गराउँदै अध्यक्ष लिङ्देनले देश बचाउने र देश बनाउने अभियानमा राप्रपा निरन्तर क्रियाशील रहेको बताए।
यो अभियानमा जोडिन जनसमुदायलाई उनले अपिल गरेका थिए।
राप्रपाको सदस्य बन्नु जीवनकै उत्कृष्ट कामहरूमध्ये महत्वपूर्ण काम रहेको र राप्रपामा प्रवेश गरेर कसैले पश्चाताप गर्नु नपर्ने लिङ्देनको भनाइ छ।
राप्रपाले ०८१ लाई पार्टी प्रवेश वर्षको रूपमा घोषणा गरेको छ र विभिन्न दलमा क्रियाशील रहेका, विभिन्न क्षेत्र विशेषमा संलग्न रहेका र स्वतन्त्रलाई समेत अभियानकै रूपमा पार्टीमा जोड्ने काम भइरहेको प्रवक्ता मोहन श्रेष्ठले बताए।