नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनअन्तर्गत बुधबार अपराह्नदेखि मतगणना जारी छ।
मंगलबार राति अबेर अध्यक्षलगायत ७० पदका लागि मतदान सकिएको थियो।
महिला उपाध्यक्षसहित केही केन्द्रीय सदस्य गरी २० पदमा भने निर्विरोध भइसकेको छ।
अध्यक्षमा बाबुराम भट्टराई र नेत्र चापागाईंबीच प्रतिस्पर्धा भएको थियो।
महाधिवेशनमा १३२४ जना प्रतिनिधि थिए। महाधिवेशनमा जम्मा ८२६ मत खसेको थियो।