नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना बुधबार बिहान १० बजेदेखि सुरू हुने भएको छ।
पार्टी प्रवक्ता कृष्ण शर्माका अनुसार मंगलबार राति अबेरसम्म मतदान भएको थियो। मतदान राति सकिएकाले मतगणना बिहान १० बजेदेखि गर्न लागिएको उनले बताए।
नेसपाले जारी महाधिवेशनबाट ११ पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय कमिटीको टुंगो लगाउन निर्वाचन गरेको थियो।
त्ययसमध्ये महिला क्लस्टरबाट मानुषी यमी भट्टराई र दलित क्लस्टरबाट दुर्गा सोब निर्वोरोध उपाध्यक्ष चयन भएका छन्।
तीबाहेक १८ जना केन्द्रीय सदस्य पनि निर्विरोध निर्वाचित भएका छन्। कोषाध्यक्षमा हरि रिजाल निर्विरोध निर्वाचित भएका छन्।
अध्यक्ष, तीन उपाध्यक्ष, महासचिव, तीन जना सचिव र केन्द्रीय सदस्यहरू भने निर्वाचनबाट टुंगो लाग्नेछ।
अध्यक्षमा बाबुराम भट्टराई र नेत्र चापागाईं तथा महासचिवमा घमानसिंह गुरूङ र सोनामसिंह स्याङ्तान लगायत उम्मेदवार छन्।
राति अबेर भएकाले ८२२ जना प्रतिनिधिले मात्रै मतदान गरेको प्रवक्ता शर्माले जानकारी दिए।