गृहमन्त्री रमेश लेखक र 'नो केबलकार' समूहबीच भेटवार्ता भएको छ।
सोमबार साँझ गृह मन्त्रालयमा मन्त्री लेखकलाई भेट्न नो केबलकार समूहका सदस्यहरू पुगेका हुन्। पाथीभरामा केबलकार निर्माणको विरोध गर्दै केही समययता उक्त समूहले विरोध जनाउँदै आएको छ।
ताप्लेजुङका नेकपा एमालेका सांसद योगेश भट्टराईसहित उक्त समूहका ७/८ जनाको टोलीले गृहन्त्रीलाई भेटेका हुन्।
भेटमा गृहमन्त्री लेखकले सरकारले बनाएको वार्ता समितिबाटै समाधानको खोजी गर्न अनुरोध गरेको सचिवालयले जनाएको छ।
'वार्ता समितिबाटै समाधानको खोजी गरौं। शान्तिपूर्ण रूपमा अगाडि बढौं,' मन्त्रीको भनाइ उद्धृत गर्दै सचिवालय सदस्यले भने, 'स्थानीयका माग सम्बोधन गरौं भन्नुभयो।'
गृहमन्त्री लेखकले अहिलेलाई आन्दोलनका कार्यक्रमहरू पनि रोक्न आग्रह गरेका थिए। आन्दोलनरत समूह यसबारे आफूहरूले छलफल गर्ने भनेर निस्किएका थियो।
समूहले सोमबार मात्रै थप आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको छ।