नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसभित्र बलियो एकता हुन सके पार्टीलाई कुनै पनि शक्तिले परास्त गर्न नसक्ने बताएका छन्।
कांग्रेस दाङले आइतबार घोराहीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा बोल्दै सभापति देउवाले भने, ‘हामी मिले हामीलाई कसैले पनि हराउन सक्दैन, पार्टी भित्र एकता हुन जरूरी छ।’
सभापति देउवाले कार्यकर्ताहरुलाई एक हुन निर्देशन दिए।
‘पार्टीभित्र बलियो एकता कायम हुन सके कुनै पनि निर्वाचनमा कांग्रेसलाई कसैले पनि हराउन सक्दैन,’ उनले भने, ‘त्यसैले पार्टीभित्र बलियो एकता जरूरी छ, सबै एक ढिक्का हुन जरुरी छ।’
पार्टीलाई बलियो बनाउन विकासका काममा समेत कांग्रेसका नेता तथा कार्यकर्ता एक बन्नु पर्ने उनले बताए।
सभापति देउवाले सबै वर्ग समुदायलाई अधिकारको प्रत्याभूत हुने गरी काम गर्न आग्रह गरे।
हरेक नागरिकलाई समान अधिकार दिइनु पर्ने भन्दै देउवाले कसैलाई पनि पक्ष वा विपक्षमा राख्न नहुने बताए।