नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई लक्ष्य गर्दै अहिलेको सरकार कसरी असंवैधानिक भन्ने प्रश्न गरेका छन्।
माघ २४ गते प्रतिनिधि सभामा बोल्दा अध्यक्ष प्रचण्डले अहिलेको सरकार असंवैधानिक भएको दाबी गरेका थिए।
प्रचण्डका उक्त अभिव्यक्तिमा आइतबारको प्रतिनिधि सभाबाट कांग्रेस महामन्त्री शर्माले सरकार कसरी असंवैधानिक भन्ने प्रश्न गरेका हुन्।
कांग्रेसको समर्थनमा गत असार ३० गते एमाले अध्यक्ष केपी शर्मा ओली संविधानको धारा ७२ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए।
अध्यक्ष दाहालले आफूले विश्वासको मत नपाएपछि संविधानको धारा ७६ को उपधारा ३ अनुसार संसदको सबैभन्दा ठूलो दल कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार बन्नुपर्नेमा ओलीको नेतृत्वमा बनेको भन्दै असंवैधानिक रहेको बताएका थिए।
‘संविधानको धारा ७६ को उपधारा २ बमोजिम कांग्रेस समर्थनमा माओवादी अध्यक्ष प्रधानमन्त्री बन्दा संवैधानिक, त्यही संविधानको त्यही धारा र उपधाराअनुसार कांग्रेस समर्थनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्दा कसरी असंवैधानिक?’ महामन्त्री शर्माको प्रश्न छ।
भिडिओ: