नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले मानव-वन्यजन्तु द्वन्द्वका कारण पनि आगलागीका घटना हुन थालेको बताएका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै उनले बाँदरसँग प्रतिशोधका कारण जंगलमा डढेलो लगाउने प्रवृत्ति बढेको पनि बताए।
‘बाँदरको प्रतिशोधले पनि जंगलमा आगो लगाउने कार्यले विपत्ति निम्त्याएको छ,’ उनले भने, ‘यसका लागि लाइसेन्स सहितका बन्दुक दिनुपर्छ, बँदेलले बाली खाएको छ। त्यसको पनि नियन्त्रण हुनुपर्छ।’
फरक प्रसंगमा उनले बूढीगण्डकी जलविद्युत आयोजना निर्माण हुने कुरा ऊर्जा मन्त्री दीपक खड्काले बताएको बताए।
यसबारेमा अन्य बैठकमा आफूले धारणा राख्ने उनको भनाइ छ।