राष्ट्रपति रामचन्द्र पौडेल त्रिवि शिक्षण अस्पताल पुगेका छन्।
फलोअप उपचारका लागि राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पताल गएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
राष्ट्रपति पौडेलको गत मंसिरमा त्रिवि शिक्षण अस्पतालमा उपचार गराइएको थियो।
राष्ट्रपति पौडेललाई प्रोस्टेटसम्बन्धी समस्या देखिएको थियो।
‘त्यसैको फलोअपका लागि राष्ट्रपतिज्यू अस्पताल जानुभएको हो,’ उनले भने।